सबैको लघुवितद्धारा आफ्ना ग्राहकहरुलाई तरकारी खेती तालिम प्रदान « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

सबैको लघुवितद्धारा आफ्ना ग्राहकहरुलाई तरकारी खेती तालिम प्रदान



काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले मौसमी तथा बेमौमसी तरकारीखेती सम्बन्धी तालिम संचालक गरेको छ । लघुवित्तले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै उक्त तालिम प्रदान गरेको हो ।

बैशाख २० गतेदेखि बैशाख २२ गतेसम्म दाङको लमही नगरपालिका ५ मा संचालक भएको तालिममा संस्थाका २५ जना सदस्यको सहभागिता रहेको थियो । प्रशिक्षक हरिप्रसाद शर्मा, पवनकुमार श्रेष्ठ, सीता रानाभाट र अनिता विकले प्रशिक्षण दिएका थिए ।

संस्थाले ग्रामीण क्षेत्रलाई प्राथमिकता दिएर शाखा बिस्तार गरी सदस्यहरुलाई आवश्यकता अनुसार लगानी गर्दै आइ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्