पहिलो दिन नै उपकार लघुवित्तको शेयर मूल्य १ हजार २११ रुपैयाँ ! « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

पहिलो दिन नै उपकार लघुवित्तको शेयर मूल्य १ हजार २११ रुपैयाँ !



काठमाडौं । स्पेशल प्रि ओपन सेसनमा उपकार लघुवित्तको पहिलो कारोबार भएको छ । शुक्रबार प्रि ओपन सेसनमा लघुवित्तको शेयर प्रतिकित्ता १ हजार २११ रुपैयाँमा पहिलो कारोबार भएको हो ।

बिहीबार लघुवित्तको ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुलाई वितरण गरेको २ लाख ३६ हजार २५० कित्ता र संस्थापकहरुले लगानी गरेको ४ लाख २० हजार कित्ता शेयर गरी कूल ६ लाख ५६ हजार २५० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो ।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम ४०३ रुपैयाँ ९१ पैसा देखि १२११ रुपैयाँ ७३ पैसा ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो । लघुवित्तको शेयरलाई नेप्सेले युएलबिएसएल कारोबार संकेत प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्