आँधिखोला लघुवित्तको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त « Artha Path
२० असार २०७९, सोमबार

आँधिखोला लघुवित्तको संचालकमा बुद्धिसागर त्रिपाठी नियुक्त



काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले संचालकमा संस्थापक शेयर सदस्य बुद्धिसागर त्रिपाठीलाई नियुक्त गरेको छ । लघुवित्तले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक नियुक्त गरेको जनाएको हो ।

असार १८ गते बसेको सञ्चालक समितिको बैठकले यसअघिका सचांलक श्याम विक्रम खाँडको राजीनामा स्वीकृत गरी उक्त पदमा सोही दिनदेखि लागू हुने गरी त्रिपाठीलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्