मानुषी लघुवित्तको सीईओमा पुन शोभा बज्रचार्य नियुक्त
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन शोभा बज्रचार्यलाई नियुक्त गरेको छ ।
असार २३ गते बसेको संचालक समितिको बैठकले सीईओमा बज्रचार्यलाई साउन १ गते देखि लागू हुने नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुनेछ ।


















