स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

काठमाडौ. । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
साउन १ गतेबाट लागू हुने गरी शेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटलले सुरु गरेको हो । स्वावलम्बनको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु क्यापिटलले गर्ने छ ।