समीट लघुवित्तको २५ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने आवेदन ?

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक समूह तर्फको २५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
लघुवित्तका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (साउन ६ गते) ले ३५ दिन भित्र लघुवित्तको केन्द्रिय कार्यालय गोरखा १३ गोरखामा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको अवधि भित्र शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।