सिभिल लघुवित्तले चौथो त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक « Arthapath.com
६ श्रावण २०७९, शुक्रबार

सिभिल लघुवित्तले चौथो त्रैमासिकमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले समीक्षा अवधिमा ७ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १३ दशमलव ३९ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष लघुवित्तले ६ लाख ४९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तले सञ्चालन मुनाफा १० करोड ८४ लाख रुपैयाँ गरेको छ भने गत वर्षको सोहि अवधिमा ९ करोड १८ लाख रुपैयाँ आर्जन गरेको हो । यस्तै, लघुवित्तको खुद ब्याज आम्दानी ३७.३१ प्रतिशतले बढेर २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो मुनाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।

लघुवित्तले २ अर्ब ५१ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ८५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन अघिल्लो वर्ष लघुवित्तले १ अर्ब ६३ करोड रुपैयाँ सापटी लिई २ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो । यस्तै, लघुवित्तको रिजर्भको आकार ९ दशमलव २५ प्रतिशतले बढेको छ । जुन अघिल्लो वर्ष ११ करोड ९७ लाख रुपैयाँको रिजर्भ बढेर १३ करोड ८ लाख रुपैयाँको उचाइमा पुगेको थियो ।
यसका साथै, लघुवित्तको चुक्ता पूँजी २८ करोड ८१ लाख रुपैयाँ रहेको ईपीए घटेर २५ दशमलव ५६ रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष ईपीएस २७.०४ रुपैयाँ रहेको थियो । त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८ दशमलव ८९ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्