आरएमडीसी लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको कार्यालय स्थानान्तरणका लागि स्वीकृत पाएको छ ।
कम्पनीले केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८ बाट वडा नम्बर १० मध्येबानेश्वरमा स्थानान्तरणका लागि राष्ट्र बैंकबाट भदौ २० गते अनुमति पाएको हो ।
मध्येबानेश्वरमा कार्यालय स्थानान्तरणसंगै भदौ २१ गतेदेखि दैनिक कार्यहरु संचालन गरिएको नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापाले जानकारी दिनुभयो ।