सबैको लघुवित्तका अध्यक्ष जोशीको राजिनामा स्वीकृत « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सबैको लघुवित्तका अध्यक्ष जोशीको राजिनामा स्वीकृत



काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्थाका संचालक समिति अध्यक्ष सृजना जोशीको राजिनामा स्वीकृत भएको छ ।

घरायसीकारण देखाई अध्यक्ष जोशीले भदौ १७ गते राजिनामा दिएकी थिइन् । भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।

भदौ २२ गतेदेखि नै लागू हुने गरि जोशीको राजिनामा स्वीकृत गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्