जनउत्थान सामुदायिक लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्री खुला, प्रतिकित्ता कति ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले सर्वसाधारणका लागि २५ हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ९०० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ । लघुवित्तका संस्थापक शेयरधनी यम बहादुर बिकले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त संस्थापक शेयर खरीद गर्न संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संस्थाले सूचना प्रकाशित भएको (असोज ३०) मितिबाट १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल–१२, कालिकानगर, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।