पहिलो त्रैमासमा कस्तो छ एनआईसी एशिया लघुवित्तको वित्तीय अवस्था ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरण अनुसार कम्पनीले चालु आवको पहिलो त्रैमासमा ६ करोड ५७ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा भने ६८.१८ प्रतिशतले कमी हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले २० करोड ६७ लाख ७५ हजार नाफा गरेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख ५७ हजार रुपैयाँ कायम भएको छ।
चालु आवको असोज मसान्तसम्ममा कम्पनीको कुल संचालन आम्दानी पनि ४०.४१ प्रतिशतले घटेर ३२ करोड ९८ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । यस्तै, संचालन नाफा पनि ६८.१७ प्रतिशतको गिरावट आई ९ करोड ३९ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा २६ लाख २० हजार रुपैयाँ रहेको छ ।
चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ६६ करोड ८१ लाख ७७ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा पनि २.२६ प्रतिशतले वृद्धि भई ३.८१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ७९ पैसा रहेको छ ।