एनएमबि लघुवित्तमा ६ दिनका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतमा जैशि चयन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृतमा बिरु राम जैशिलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।
लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे मंसिर २५ गतेदेखि पुष १ गतेसम्म बिदामा रहनु हुदाँ उक्त समयमा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत जैशिलाई जिम्मेवारी दिएको हो ।
