महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा माया भण्डारीलाई नियुक्त गरेको छ ।
कम्पनीको संस्थापक शेयरधनी निरु कुथुमी राई संचालक पदमा रहि काम गदैए आउनु भएको थियो ,। उनीको शैक्षिक योग्यता र अनुभव सम्बन्धी नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा परिवर्तन गर्ने निर्देशन दिएको थियो ।
राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी माया भण्डारीलाई नियुक्त गरेको हो ।
