सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त मर्जरमा जाने सम्झौता « Arthapath.com
३ पुष २०७९, आईतवार

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त मर्जरमा जाने सम्झौता



काठमाडौ । पछिल्लो समय लघुवित्त कम्पनीहरु पनि धमाधम मर्जरमा जान थालेका छन् । आफ्नो ब्यवसायहरुलाई तिब्रता दिनका लागि कम्पनीहरु मर्जरमा जान थालेका छन् ।

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । यी दुई लघुवित्तबीच शुक्रबार (पुस १ गते) मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

मर्जर सम्झौतामा हस्ताक्षर भएसँगै नियमानुसार सेयर कारोबार रोक्का गरिदिन सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेञ्जलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्