विद्यार्थीको साथमा समृद्धि फाइनान्स, इटहरीमा वितरण गर्यो न्यानो लुगा « Arthapath.com
३ पुष २०७९, आईतवार

विद्यार्थीको साथमा समृद्धि फाइनान्स, इटहरीमा वितरण गर्यो न्यानो लुगा



काठमाडौं । समृद्धि फाइनान्सले पुष ३ गते इटहरीमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले इटहरी वडा न. ८ मा रहेको ओम श्री पिपलबोटे खूल्ला विधालयका १ जना शिक्षक र २५ जना विधार्थीहरु लाई न्यानो लुगा वितरण गर्र्नेे कार्यक्रम आयोजना गरेको थियो ।

यस कार्यक्रम अन्तरगत शिक्षक १ जना र विधार्थीहरु २५ जनालाई यस संस्थाका इटहरी का.मु.शाखा प्रमुख जनक पोखरेल र इटहरी वडा न. ६ वडा अध्य्क्ष दिवस पोखरेलको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत ्सुरज कुमार सर्राफले जानकारी गराएका छन । करीब २५ वर्ष अघिदेखी न्यून आयश्रोत भएका परिवारका केटाकेटीहरुलाई भेला पारी बिहानको समयमा १ देखी २ घण्टासम्म खोलाकिनारमा पिपलको बोटमुनी त्रिपाल तथा म्याट ओछ्याएर एक शिक्षक चन्द्र भण्डारीले पढाउँदै आएको विधालय हो ओम श्री पिपलबोटे खूल्ला विधालय, हाल त्यहाँ विभिन्न सरकारी विधालयमा अध्ययन गर्ने र नगर्ने समेत गरी कक्षा १ देखी ७ सम्मका २५ जना विधार्थीहरु अध्ययन गर्छन ।

फाइनान्सले मंसिर २८ गते बनेपा वडा न. ६ मा रहेको चैतन्य माध्यमिक बिधालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो भने मंसिर २९ गते जनकपुरमा वडा न. ६ मा रहेको जानकी बृद्धा आश्रममा २० जना बृद्धबृद्धालाई कम्बल वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।
                                                     


प्रतिक्रिया दिनुहोस्