नेप्सेमा एक कम्पनीको थप हुन आएको ९१ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ९१ हजार २ सय कित्ता शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा मिर्मिरे लघुवित्तको थप हुन आएको शेयर सूचीकृत भएको हो ।
कम्पनीले साविकको बुद्धज्योती लघुवित्त वित्तीय संस्थालाई १:०.७६ को अनुपातमा प्राप्ति गर्दा कायम हुने आएको प्रतिशेयर अंकित तथा चुक्तापूँजी १ सय रुपैयाँका दरको क्रम संस्था ५२ लाख २० हजार ८५६ देअि ५३ लाख १२ हजार ५५ सम्मको कुल ९१ हजार २ सय कित्ता शेयर सूचीकृत भएको हो ।
