आरएसडिसी लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ? « Arthapath.com
८ पुष २०७९, शुक्रबार

आरएसडिसी लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?



आरएसडिसी लघुवित्तको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहही नवौँ वार्षिक साधारण सभा बोलाएको हो।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

कम्पनीको सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १५ गतेदेखि बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्