आँधिखोला लघुवित्तद्धारा लाभांश घोषणा, बोनस ३० प्रतिशत दिदाँ नगद कति ?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तको पुष ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।
