भोलिदेखि प्रतिकित्ता ३७५ रुपैयाँमा मै आशा लघुवित्तको सेयर खरिद गर्ने सकिने « Arthapath.com
९ माघ २०७९, सोमबार

भोलिदेखि प्रतिकित्ता ३७५ रुपैयाँमा मै आशा लघुवित्तको सेयर खरिद गर्ने सकिने



काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख ३७५ कित्ता संस्थापक सेयर माघ १० गतेदेखि विक्रीमा ल्याउने भएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । सेयर खरीद गर्न चाहने इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरूले आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।

आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्