आशा लघुवित्तको सेयरमा आवेदन दिने आज अन्तिम मौका, प्रतिकित्ता ३८० रुपैयाँ

काठमाडौं । आशा लघुवित्तको १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयरमा आवेदन दिने आज (माघ २४ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकेकोको हुदाँ आवेदन दिदाँ सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । ।सेयर खरिद गर्दा न्यूनतम ५० हजार देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसमा इच्छुक योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौमा आवेदन पेश गर्नुपर्नेछ ।