युनिक नेपाल लघुवित्तको साधारण सभा चैत ४ गते,सेयरधनीको हात भने रित्तो « Arthapath.com
८ फाल्गुन २०७९, सोमबार

युनिक नेपाल लघुवित्तको साधारण सभा चैत ४ गते,सेयरधनीको हात भने रित्तो



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले ४औं वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीले फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले चैत्र ४ गते होटल सेन्ट्रल प्लाजा,कोहलपुर ना.पा.वडा नं ४ बाँकेमा बस्ने गरी सभा आव्हान गरेको हो ।

सभाले गत आव २०७८ ७९ को वार्षिक प्रतिवेदनको छलफल र लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७८ ७९ को वासलात,नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरणहरुको छलफल पारित गर्ने छ । साथै , संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जनालाई सर्वसाधरण सेयरधनीबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।

कम्पनीले कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने प्रश्ताप आएमा सहमतिपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा स्वीकृतको आधारमा नेपाल राष्ट्र बैंकलाई निवेदन दिन , सम्पति तथा दायित्वको मूल्यङ्कनकर्ताहरुले अथावा आवश्यक कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तिीयारी प्रदान गर्ने सम्बन्धी प्रस्ताप पारित गर्ने ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन २२ गते एक दिन वित्तीय संस्थाको सेयरधनि दर्ता किताब बन्द रहने छ । सो कारफागुन २१ गतेसम्म नेपाल स्टक स्क्सचेञ्जमा कायम सेयरधनिहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्