सामुदायिक लघुवित्तले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीकोे फागुन ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) लाभांश दिने भएको हो ।
प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।