मनकामना स्मार्ट लघुवित्तको लाभांश स्वीकृत

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
अब कम्पनीले साधारण सभाको मिति तय गर्ने छ । सो सभाले लाभांश पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।