तपाई किसान लघुविको सेयरधनी हो ? कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।
कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
