सुरक्षित गर्ने होइन त एक लघुवित्तको लाभांश, अन्तिम दिन नजिकियो

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (फागुन १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कम्पनीले प्रस्ताव गरेको चुक्ता पूँजीको १.५ प्रतिशत नगद (कर प्रयोजन) र २० प्रतिशत बोनस विवरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि ५औं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सभा गौतम भिलेज रिर्सोट, बनेपा ११ काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
यस्तै, सभाको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल माथि गरी पारित गर्नुको साथै चालु आव २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, कम्पनीले डिप्रोक्स लघुवित्त वित्तीय संस्था प्राप्ति गर्ने प्रयोजनको लागि सम्पन्न सम्झौंतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्यक कार्य गर्न सक्ने अख्तियार दिने प्रस्ताव पारित गर्ने समेत सभाको कार्य सूची रहेको छ । कम्पनीको समुह ख सेयरधनीहरु मध्यबाट २ जना सञ्चालकहरुलाई निर्वाचन समेत गर्ने छ ।