निर्धन उत्थान लघुवित्तमा ४ जना संचालक नियुक्त

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमले चार जना संचालक नियुक्त गरेको छ ।
कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको तर्फबाट २ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचित गरेको हो ।
संस्थापक तर्फबाट संचालक पदमा हरिकृष्ण पन्त र देवेन्द्रबहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोपबहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका हुन् ।