इन्फिनिटी लघुवित्तको छैठौं वार्षिक साधारण सभा तथा लिडरसिप सिम्पोजियम तालिम सम्पन्न

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा आफ्ना कर्मचारीहरुको लिडरसिप सिम्पोजियम तालिम सम्पन्न गरेको छ ।
संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । सभाले आ.व.२०७९।८० को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्तिको सिफारिस तथा वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ती गर्ने वा प्राप्ती हुन जाने प्रयोजनार्थ सम्वन्धि सम्पूर्ण कार्य गर्ने अख्तियारी समेत सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।
सभाले वित्तीय संस्थामा कार्यरत कर्मचारी मध्ये उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई Employee of the year को अवार्ड समेत प्रदान गरेको छ । सभा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बल राम विष्टको अध्यक्षतामा सम्पन्न भएको जानकारी संस्थाका कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाले बताए ।
साथै, संस्थाले फागुन ११ गतेबाट १२ गतेसम्म कार्यक्रममा पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यको विशिष्ट आतित्थमा लिडरसिप सिम्पोजियमको बारेमा सहभागिहरुलाई प्रशिक्षित गर्नु भएको थियो । कार्यक्रममा विज्ञ डा.आचार्यले लघुवित्त सम्वन्धी विभिन्न किसिमका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै कसरी अगाडि बढ्ने विषयमा स्पष्ट पार्नु भएको थियो ।
कार्यक्रममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री बलराम विष्ट, स्वतन्त्र सञ्चालक महेश्वर प्रसाद जोशी तथा वित्तीय संस्थाका संस्थापक शेयरधनी श्री दिनेश अधिकारीको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा वित्तीय संस्थाको अध्यक्ष बल राम विष्टले कर्मचारीहरुले हालको विषम परिस्थितिमा पनि उच्च गुणस्तरको कार्य सम्पादन गरेको र भोलिको दिनमा समेत सोहि बमोजिम कार्य गर्न उत्प्रेरित गरे ।
कार्यक्रम वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको सभापतित्वमा सञ्चालन भएको थियो ।