ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
१५ फाल्गुन २०७९, सोमबार

ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिनका लागि बुक क्लोज गरेको हुदाँ फागुन १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ८ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस लघुवित्तले फागुन २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।

वार्षिक साधारण सभा बेस्ट रिसोर्ट नेपाल, लेकसाइड पोखरामा बिहान ९ बजे सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्