मनकामना स्मार्ट लघुवित्तको साधारण सभा चैत १६ गते, के कस्ता छन् एजेन्डा ?

काठमाडौं । मनकामना स्र्माट लघुवित लिमिटेडले ५औं साधारण सभा चैत १६ गतेका लागि बोलाएको छ । फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बस्ने गरी आव्हान गरेको छ ।
सभाले लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत वर्ष १७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।
सभामा गत आर्थिक वर्ष २०७८र ७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।