अभियान लघुवित्तले कर्मचारी माग्यो, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । अभियान लघुवित्त वितीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशीत गर्दै बरिष्ठ अधिकृत र प्रशिक्षार्थी कनिष्ठ सहायकमा माग गरेको छ ।
बरिष्ठ अधिकृतको लागि शैक्षिक योग्यता स्नातक तहको परिक्षा उत्तिर्ण अथावा सिए वा सो सरहको परिक्षा उतिर्ण र कुनै बैंक तथा वित्तीय संस्थामा काम गरेको उम्मेदवारहरुलाई प्राथमिकता दिइने जनाएको छ । पशिक्षार्थी कनिष्ठ साहायकको लागि कम्पयूटर सम्बन्धी ज्ञान भएको र ग्रामीण क्षेत्रमा गएर कार्य गर्न इच्छुक भई सवारी साधान र चालक अनुमति पत्र भएकालाई विशेष प्रथामिकता दिने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात चैत २ गते भित्र संस्थाको शाखा कार्यालय पनैती काभे्रपलाञ्चोकमा आवेदना दिने जनाएको छ ।
