लाभांश पारितका लागि स्वरोजगार लघुवित्तले बोलायो चैत ११ गते साधारण सभा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिक साधारण सभा चैत ११ गतेका लागि बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ३० गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ फागुन २९ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।