यस्तो छ स्वावलम्बन लघुवित्तको २१औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभामा अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी तथा चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५ सय कायम गर्ने प्रस्ताव, आव २०७८÷७९ को वासलात, नाफा–नोक्सान हिसाव लगायतका वित्तीय विववरणहरु पनि पारित गरेको कम्पनीले जनाएको छ ।