महुली लघुवित्तको ग्लोबल मनिविक–२०२३ सम्पन्न

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको ग्लोबल मनिविक–२०२३ सम्पन्न गरेको छ ।
चैत्र ६ गते संस्थाको केन्द्रीय कार्यालय बाट स्थानीय, पत्रकार, प्रशासन र संस्थाका सदस्यहरुको सहभागीतामा औपचारीक कार्यक्रम गरी शुभारम्भ भएको कार्यक्रम तर चैत्र ११ गते सम्म विभिन्न चरण गरी संस्थाको विभिन्न शाखा कार्यालयका सदस्यहरुको साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष प्रभु नारायण चौधरीले आम्दानी अनुसारको खर्च गर्ने बानिको विकास गर्न, भ्रामक समाचार तथा समुहहरुको कुराहरुमा नलाग्न सुझाव दिएका थिए । उनले गाउँपालिकालाई समेत उद्यमशीलता विकासमा सहकार्य गर्न साथै सदस्यहरुलाई समेत सिपतथा दक्षताको प्रयोग गरी आम्दानी बढाउन तर्फ अग्रसर बन्न सुझाव दिदै कर्मचारीलाई सकारात्मक भावना, उच्चमनोबल सहित सामाजिक विकास र वित्तीय साक्षरताको विषयमा काम गर्न निर्देशन दिएका थिए ।
कार्यक्रमहरुमा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व , वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ, आम्दानी, खर्च, कर्जाको प्रयोग, लगाएतका विषयमा अन्र्तक्रिया तथा जनचेतनामूलक कुराहरु प्रस्तुत्त गरेको थिए ।
विभिन्न शाखा कार्यालय स्तरमा सञ्चालन गरिएको कार्यक्रममा युवा, विद्यार्थी र महिला गरी करिब ३५०० जना सदस्यहरुको सभागीता रहेको थियो । संस्थाले समापन चरणको कार्यक्रम संस्थाको केन्द्रीयकार्यालय सप्तरीको माहुलीमा संस्थाका सञ्चालक समितिका अध्यक्षप्रभु नारायण चौधरी सभापतित्वमा समापन गरेको छ । करिब ३०० जना सदस्यको सहभागीतामा वित्तीय साक्षरता जनचेतना मूलक ¥यालीमा हुलीबजारको परिक्रमागर्दै संस्थाको केन्द्रीयकार्यालयको सभाहलमा औपचारी कार्यक्रम गरी समापन गरेको हो ।
उक्त, समापन कार्यक्रममा बोल्दै अग्नीसाइर कृष्ण सवरन गाउँपालिका उपाध्यक्ष कलपना कु.चौधरीले हाल बैंक तथा वित्तीय संस्थातथा लघुवित्त विरुद्ध किस्तानतिर्ने, ब्याज नबुझाउने जस्ता भ्रम फैलाइएको विषयमा चर्चा गरी सहभागीहरुलाई समयमा नै किस्ता तिर्न साथै केहि समस्याभए संस्थालाई समस्या बारे खुलेर छलफल गर्न कम्पनीले बताएको थियो ।