नेशनल माइक्रोफाइनान्स लघुवित्तको २१ हजार कित्ता सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २१ हजार २५५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्ने लागेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य १ हजार ११५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अकित गरी आवेदन पेश गर्ने सकिनेछ ।
कम्पनीका संस्थापक सेयरधनी नरेश नेपालले १३ हजार ४२० कित्ता, शंकर गिरीले ६ हजार ३३५ कित्ता र गंगा लक्ष्मि अवालले १ हजार ५ सय कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (चैत १२ गते) ले १५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय निलकण्ठ ३ धादिङबेशीमा आवेदन दिन सकिनेछ ।