महुली लघुवित्तको लाभांश संशोधन, नगद र बोनस दुबै घट्यो « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

महुली लघुवित्तको लाभांश संशोधन, नगद र बोनस दुबै घट्यो



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले पेश गरेको लाभांशलाई संशोधन गरी पठाएको हो ।

अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद गरी अधिकतम १५ प्रतिशत लाभांश वितरण गर्नेछ । उक्त लाभांश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

यसअघि भने सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्