वित्तीय साक्षरतासहित सिभिल लघुवित्तले मनायो ‘ग्लोबल मनि वीक’ « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

वित्तीय साक्षरतासहित सिभिल लघुवित्तले मनायो ‘ग्लोबल मनि वीक’



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले वित्तीय साक्षरता सम्वन्धी विभिन्न कार्यक्रम गरेको छ । कम्पनीले ग्लोबल मनि विक, २०२३ को उपलक्ष्यमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

कम्पनीले गत चैत ६ गतेदेखि १२ गतेसम्म देशका ३२ जिल्लामा अन्तरक्रिया लगायतको कार्यक्रम गरेको छ । वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत ३२ जिल्लामा अवस्थित ७५ शाखा कार्यालयहरुले अन्तरक्रिया गरेको कम्पनीले जनाएको छ । यसका साथै साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी ¥याली समेत आयोजना गरेको थियो ।

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुल कलेजमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ग्लोबल मनि वीक, २०२३ ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर कार्यक्रम आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्