मर्जरमा जान डिप्रोक्स र आदर्श लघुवित्तबीच अन्तिम सम्झौता « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

मर्जरमा जान डिप्रोक्स र आदर्श लघुवित्तबीच अन्तिम सम्झौता



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आदर्श लघुवित्त वित्तीय संस्था मर्जरमा अन्तिम सम्झौता भएको छ । दुबैं लघुवित्त मर्जरमा जाने चैत १३ गते अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

डिप्रोक्स लघुवित्तले आर्दश लघुवित्तलाई प्राप्ति गर्नका लागि असोज १४ गते समझादारी पत्रमा हस्ताक्षार गरेको थियो । डिप्रोक्स लघुवित्तका अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तका अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

भरतपुर महानगरपालिका वडा न १० चितवनमा रजिष्टर्ड कार्यालय रहेको डिम्प्रोक्स लघुवित्त र बनेपा नगरपालिका वडा न ७ काभ्रेपलाञ्चोकमा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त मर्जरमा गएका हुन ।


प्रतिक्रिया दिनुहोस्