छिमेक लघुवित्तको नगद लाभांश तपाईको बैंक खातामा आयो ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको करसमेत ३.२६ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो ।
उक्त लाभांश चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीहको हितग्राही खातामा उल्लेख बैंक खातामा नगद लाभांश जम्मा गर्न शुरु गरिएको हो ।
सभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हुदाँ फागुन २३ गतेसम्म कायम सेयरधनीहले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । कम्पनीको शेयर रजिष्टारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।