महुली लघुवित्तको लाभांश संशोधन, अब कति पाउँछन् नगद र बोनस ?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर संंशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कर प्रयोजन र बोनस गरी कुल १५ प्रतिशत लाभांश दिन निर्देशन दिए बमोजिम कम्पनीको लाभांश संशोधन भएको हो ।
राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको चैत १४ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
यसअघि, कम्पनीले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।
प्रस्तावित लाभांश अब कम्पनीको वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।