महुली लघुवित्तका चार जना संस्थापकले सेयर बेच्दै, कसको कति कित्ता ? « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

महुली लघुवित्तका चार जना संस्थापकले सेयर बेच्दै, कसको कति कित्ता ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले संस्थापक सेयरधनी दिलिप कुमारी मंडरको नाममा रहेको १ हजार ३ सय कित्ता, पन्ना लाल चौधारीको नाममा रहेको ३ हजार, केशरी डंगोल महर्जनको ३ हजार ५९१ कित्ता र एनआईसी एशिया बैंकको नाममा रहेको ५ हजार १८१ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।

सो सेयर खरिद गर्न इच्छुक योग्य कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइडर कृष्णसवरण, ६ सप्तरीमा निवेदन दिनसक्नेछन् ।

सो संस्थापक सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुनेछ । सो म्यादभित्र विद्यमान संस्थापकहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्