मनकामना स्मार्ट लघुवित्तको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा आज बस्दैं, के के छन् एजेण्डा



काठमाडौं । मनकामना स्र्माट लघुवित लिमिटेडले ५औं साधारण सभा आज (चैत १६ गते) बस्दैंछ । सभा होटल पौवा सिद्धार्थनगर ६, रुपन्देहीमा बस्ने गरी आव्हान गरेको हो ।

सभाले लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । सभामा कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ४।७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । गत वर्ष १७ प्रतिशत बोनस सेयर वितरण गरेको कम्पनीले यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

सभामा गत आर्थिक वर्ष २०७८र ७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १ गते बुक क्लोज गरेको हुदाँ फागुन ३० गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्