आजसम्म कायम सेयरधनीहरुले मात्र जीवन विकास लघुवित्तको लाभांश पाउने

काठमाडौं । जीवन विकास लघुवित्त वितिय संस्थाको लाभांश सुरक्षित गर्ने आज (चैत १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते बुक क्लोज गर्ने भएको हुदाँ चैत १६गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.२८ प्रतिशत बोनस र ०.७१४ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेके हो । उक्त प्रस्ताव पारितका लागि चौथो वार्षिक साधारण सभा चैत ३० गते वित्तीय संस्थाको केन्द्रियकार्यालय, कटहरी, मोरङ्ग बस्न आव्हान गरेको छ।
सभाले, आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष २०७८÷०७९ को वासलात, नाफा नोक्सानहिसाब र नगदको छलपल र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने ।
साथै, लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने गर्ने, समझदारी पत्र मा हस्ताक्षर गर्ने, निजको पारिश्रमिक निर्धारण प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपनाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गराउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।