छुट्नु होला है ? एनएमबि लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चै १६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १७ गते देखि २०८० बैशाख १५ गते सम्म बुक क्लोज गर्ने भएको हुदाँ चैत १६ गते सम्म कायम सेयरधनी साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सकिनेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावि लाभांश पारितका लागि कम्पनीले १०औं वार्षिक साधारण सभा २०८० बैशाख १५ गतेका लागि बोलाएको छ । सभा सिटि स्क्वायर प्रालि न्यूरोड पोखरामा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
त्यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरिक्षणको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण पनि गर्नेछ ।