नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो ।
जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयरको मूल्य समायोजन पछि १३७० रुपैयाँ २६ पैसा रहेको थियो । समायोजन हुनु भन्दा अगाडि १५६६ रुपैयाँ रहेको थियो ।
साथै, एनएमबि लघुवित्तको १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन पछि मूल्य ५०९ रुपैयाँ ९ पैसा रहहेको छ । समायोजन अगाडी ५६० रुपैयाँ रहेको थियो ।
अब दई कम्पनीको सेयर आइतबार देखि दोस्रो बजारमा कारोबार आउनेछ ।