उन्नति सहकार्य लघुवित्तको साधारण सभा कहिले ?

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ८ गते बसेको संचालक समितिको बैठकले सभा एशियन बुद्ध होटल सि।न।पा ८ रुपन्देहीमा बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखा परीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साथै, अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने वा संस्थागत गाभिने, गाभ्ने। गाभिने वा प्राप्ति गर्ने । प्राप्ती हुन जाने प्रयोजनार्थ उपयुक्त देखिएमा सो संग सम्बन्धित आवश्यक सम्पूर्ण कारबाही अगाडि बढाउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीको चैत १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ चैत १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।