किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (चैत १९ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ चैत १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश प्रस्ताव गरको छ । उक्त प्रस्ताव पारित गर्नेका लागि वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा र्याकेट इभेण्टस, सुन्दरबस्ती, बुढानिलकण्ठ न।पा ८ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

सभामा कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्नेछ । किसानले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।

यस्तै, सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि छ ।


प्रतिक्रिया दिनुहोस्