नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौता

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सञ्चालक समितिको बैठकमा दुई लघुवित्तबीच चैत १६ गते एक आपसमा गाभिने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
विराटनगरमा कार्यालय रहेको नेरुडे र बनेपामा रहेको मिर्मिरे लघुवित्तबीच गत पुस ११ गते एकआपसमा मर्जर हुने प्रारम्भिक समझदारी भएको छ ।