सूर्योदय वोमी लघुवित्तको साधारण सभा बैशाख ३० गते, बुक क्लोज कहिले ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले ११औं वार्षिक साधारण सभा बैशाख ३० गतेका लागि बोलाएको छ ।
कम्पनीले साधारण सभा लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वैशाख १४ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ वैशाख १३ गतेसम्म कायम सेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
चैत १८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निणर्य गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्तावित गरेको १५ प्रतिशत बोनस सेयर वितरण पारित गर्ने छ ।