खप्तड लघुवित्तसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि धौलागिरी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा बैशाख १६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले धौलागिरी सामुदायिक स्रोत्र विकास केन्द्र बाग्लुङको सभा हल बा.न.पा ४ उपल्लाचौरमा बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले खप्तड लघुवित्तसँग गत मंसिर १८ गते मर्जर सम्बन्धि प्रारम्भिक सम्झौता गरेको थियो । अब कम्पनीको नाम धौलागिरी लघुवित्त वित्तीय संस्था नै रहने सहमति बनेको छ । दुबै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामा पेश हुने छ ।
मर्जर प्रस्तावसँगै दुबै कम्पनीहरूले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचतसमेत सभाले गर्नेछ । साथै गत आर्थिक वर्ष २०७८÷ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू समेत सभाले पारित गर्नुका सातै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
