जनउत्थान सामुदायिक लघुवित्तको साधारण सभा आइतबार, के के छन् एजेण्डा

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा आइतबार (चैत २६ गते) बस्दैंछ । सभा होटल न्यू इरा, कालिकापथ, रुपन्देहिमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभा प्रयोजनको लागि कम्पनीले चैत १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ चैत ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिनर प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।